PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बालेनको निर्णयविरुद्ध हल सञ्चालकहरु पुगे उच्च अदालत



लक्ष्मी बलायर

बालेनको निर्णयविरुद्ध हल सञ्चालकहरु पुगे उच्च अदालत

काठमाडौं: काठमाडौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको भन्दै हल व्यवसायी उच्च अदालत पुगेका छन्। नेपाल चलचित्र संघले बुधवार दिउँसो उच्च अदालत पाटनमा रिट दर्ता गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

'चलचित्र संघका अधिकारीहरु आएर बालेनविरुद्ध अदालतमा रिट दर्ता गराउनुभएको छ। आदिपुरुषको विवादमा सबै हिन्दी फिल्म बन्द गर्ने नपाइने भन्दै उहाँहरुले रिट दर्ता गर्नुभएको हो,' कट्टेलले भने। रिट रोजगार/व्यवसाय सञ्चालन गर्ने हकअनुसार दर्ता भएको उनले बताए।

उच्चले उक्त मुद्दाको पेशी भोलि बिहिवारका लागि तोकेको छ। 'मुद्दाको सुनुवाईका लागि भोलि बिहिवार पेशी तोकिएको छ,' उच्चकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

काठमाडौं महानगरका मेयर बालेनले दक्षिण भारतीय फिल्म आदिपुरुषमा विवादित वाक्य नसच्याएसम्म काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। बालेनले काठमाडौं महानगरका क्षेत्रमा रहेको हलहरुमा नगर प्रहरी पठाएपछि देशभर उक्त फिल्मको प्रदर्शनसमेत रद्द भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell