A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8030ff883b97.46654379): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8030ff883b97.46654379,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अपराध महाशाखाका एसएसपी थापाको सरुवा, उनको ठाउँमा पठाइयो एसएसपी खापुङलाई
PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अपराध महाशाखाका एसएसपी थापाको सरुवा, उनको ठाउँमा पठाइयो एसएसपी खापुङलाई



पहिलोपोस्ट

अपराध महाशाखाका एसएसपी थापाको सरुवा, उनको ठाउँमा पठाइयो एसएसपी खापुङलाई

काठमाडौं : महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपीको सरुवा भएको छ। एसएसपी दिपक थापाको काज सरुवा गरिएको हो। एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवर खापुङ्लाई पठाएको छ।

गृह मन्त्रालयले एसएसपी सरुवा गरेको हो। एसएसपी थापाले नै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेका थिए।

झाँक्री पक्राउ गर्ने विषयमा प्रहरीलाई ठूलो प्रेसर थियो। प्रहरीले राजनीतिक विषय भएको भन्दै पक्राउ गर्न आनाकानी गरेको थियो। तर, गृहमन्त्री र प्रधानमन्त्रीबाट नै प्रेसर आएपछि झाँक्री समातिएकी थिइन्। एसएसपी थापा प्रहरी संगठनभित्र प्रचण्ड निकट प्रहरीका रुपमा चिनिन्छन्।

एसएसपी थापाको कार्याकालमा गोंगबुमा भएको एक पुरुषको वीभत्स हत्या, वाफलको एसिड आक्रमण लगायत घटना पत्ता लागेको थियो। महाशाखाले काठमाडौं उपत्यकाभित्र भएका जघन्य प्रकृतिका अपराधहरुलाई विषेश हेर्ने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell