PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

वीरगंज : बारा प्रहरीले ७६ वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा ३९ वर्षीय दलबहादुर लामालाई पक्राउ गरेको छ।

गएराति पौने १० बजे बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ बस्ने लामाले वृद्धालाई मकै बारीमा जबरजस्ती करणी गरेको अभियोगमा गएराति नै पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रले जानकारी गराए।

उनलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell