PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आइसीपीको नाका भएर ट्यांकरमै डिजेल तस्करी, तीन जना पक्राउ



पहिलोपोस्ट

आइसीपीको नाका भएर ट्यांकरमै डिजेल तस्करी, तीन जना पक्राउ

वीरगंज : खुल्ला सिमानाको कारण सीमावर्ती क्षेत्रका इन्धन तस्करहरु नेपालको पेट्रोल पम्पबाट सस्तोमा इन्धन खरिद गरी महँगोमा बेच्न भारततर्फ ओसारपसार गरेको घटना सार्वजनिक भएको छ।

पहिले साइकल, मोटरसाइकलमा इन्धन तस्करी गरेको पाइन्थ्यो भने अहिले भारततर्फ इन्धन बोक्न जाने ट्यांकरबाटै डिजेलको तस्करी भइरहेको खुलेको हो। गएराति पर्सा प्रहरीले करिब १ हजार ३ सय ६० लिटर डिजेल लिएर भारततर्फ गइरहेको अवस्थामा बरामद भएपछि ट्यांकरबाटै इन्धनको तस्करी भइरहेको खुलेको हो।

राति करिब ७ बजे ठूलो परिमाणमा डिजेल लिएर ना ७ ख १५११ नम्बरको ट्यांकर आइसीपीको नाका भएर भारततर्फ गइरहेको पूर्व सूचनाको आधारमा आइसीपीको बाटोमा उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्यांकरको च्याम्बरमा १ हजार लिटर र फ्यूल ट्यांकमा ३ सय ६० लिटर डिजेल बरामद भएको थियो। प्रहरीले गाडीका चालक, सहचालक र पेट्रोल पम्पका मुन्सीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका डीएसपी मनोजित कुँवरले जानकारी गराए।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी-३ बस्ने वर्ष ३३ का ट्यांकर चालक रामकृष्ण उप्रेती, सोही स्थान बस्ने वर्ष २१ का सहचालक अशोक पाख्रिन र वीरगंज-२२ जगरनाथपुरस्थित गाडीमा तेल भरिएको पेट्रोल पम्प स्वेता आयल ट्रेर्डसका मुन्सी, जगरनाथपुर बस्ने वर्ष ३४ का शम्भु महतो रहेका छन्। उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell