PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

उद्धारमा पर्सा प्रहरीको ढिलासुस्ती



राधेश्याम पटेल

उद्धारमा पर्सा प्रहरीको ढिलासुस्ती

वीरगंज : वीरगंज १३ मुर्लीका ३५ वर्षीय युवक मनोजकुमार सिंहले ना४५ प ७१५० नम्बरको मोटरसाइकल लिएर पावरहाउसबाट घण्टाघर जाँदै थिएँ। रातिको समयमा मोटरसाइकल अनियन्त्रित भएर त्रिमुर्ती चोकमा एउटा गाईमा ठोक्किए र घाइते भए। गत शनिवार राति भएको उक्त दुर्घटनामा प्रहरीले घाइतेलाई उद्धार गर्न भने ढिलासुस्ती गर्‍यो।

घाइते सडकमै छटपटाइरहँदा गस्ती गर्दै आएको मिनि ट्रकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सदानन्दप्रसाद यादवले लापारवाही गरेको प्रत्यक्षदर्शीहरुले दाबी गरेका हुन्। घटनाको २५ मिनेटपछि मात्र घाइतेलाई अस्पताल पुर्‍याइएको थियो।

प्रहरीले अस्पताल पुर्‍याउने ढिलाई गरेको भन्दै स्थानीयले होहल्ला गरी गस्ती टोलीकै गाडीमा अस्पताल लैजान दबाब दिएपछि उक्त गाडीमा घाइतेलाई पछि राखियो तर फेरि जिल्लाको गाडी आएपछि उक्त गाडीबाट जिल्लाको गाडीमा ओहोरदोहोर गरी रमिता देखाएको बताइएको छ।
घाइतेको अवस्था मध्यम छ। उनलाई नारायणी अस्पतालमा उपचार गरी आइतवार दिउँसो अपोलो ट्रमा सेन्टर विर्तामा रेफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालयभन्दा २ किलोमिटर टाढामा एउटा समान्य मोटरसाइकल दुर्घटना हुदाँ यसरी ढिला रेस्पोन्स गर्ने पर्सा प्रहरीले सुरक्षा निकायप्रतिको जवाफदेहितामा आँच पुगेको सर्वसधारण बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell