PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

आरआरमा ओली पक्ष र प्रचण्ड- माधव पक्षका विद्यार्थीबिच झडप हुने सम्भावना देखेपछि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन



पहिलोपोस्ट

आरआरमा ओली पक्ष र प्रचण्ड- माधव पक्षका विद्यार्थीबिच झडप हुने सम्भावना देखेपछि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं: काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरू बिच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।

आज बिहान प्रतिनिधिसभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्री ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड - माधव नेपाल पक्ष विद्यार्थीबिच विवाद भएको थियो। त्यही क्रममा केही धक्का मुक्कासमेत भएकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।

'दुई समूहबिच केही विवाद देखिएको छ। त्यसैले झडप हुन सक्छ भन्ने सम्भावना भएर सुरक्षाकर्मी खटाइएको हो,' एसएसपी सिंहले भने।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन्। प्रचण्ड- माधव समूह आन्दोलनको कार्यक्रम नै घोषणा गरेर सडकमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell