PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि



पहिलोपोस्ट

थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भएको तीन हजार ३६० नमुना परीक्षणका क्रममा ४० महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा दुई हजार ५५ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।

हाल नेपालमा एक हजार ५८७ जना सक्रिय संक्रमित रहेका छन्। कुल संक्रमित मध्ये ९८.७ प्रतिशत संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ९९ छ। कुल संक्रमित मध्ये दुई लाख ६९ हजार ३०३ जना संक्रमणमुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell