PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कांग्रेसको विरोध सभामा ओली समूहका कार्यकर्ताको आक्रमण, नेता साउदसहित ६ जना घाइते



पहिलोपोस्ट

कांग्रेसको विरोध सभामा ओली समूहका कार्यकर्ताको आक्रमण, नेता साउदसहित ६ जना घाइते

धनगढी : बैतडीमा नेपाली कांग्रेसको विरोधसभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका ३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन्।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महर लगायतको सहभागिता थियो। आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन् ।

प्रहरी भने झडपपछि मात्रै उक्त स्थलमा पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell