PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

ओली समूहको कार्यकर्ताबाट काँग्रेस नेता साउदमाथि ढुंगा प्रहार, ढुंगा हानाहानमा ६ जना घाइते



एम बम

ओली समूहको कार्यकर्ताबाट काँग्रेस नेता साउदमाथि ढुंगा प्रहार, ढुंगा हानाहानमा ६ जना घाइते

बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउदलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता रहेको थियो।

आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन्।

प्रहरी भने झडपपछि मात्रै उक्त स्थलमा पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell