PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मध्यपुर थिमीमा कराते एकेडेमी



पहिलोपोस्ट

मध्यपुर थिमीमा कराते एकेडेमी
तस्बिर: राखेप

काठमाडौं:  नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ। मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो।

एकेडेमीका कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए। करिब ८० लाख लागत रहेको एकेडेमी र ट्रेनिङ हलका लागि अझै केहि काम बाँकी रहेको बताए।

मध्यपुर थिमी नगरपालिका वडा ४ को वप्पास्थित निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौढाइ रहेको छ। २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे। उनले आफू पनि पूर्व खेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell