PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामै तेस्रो पटक मूल्य बृद्धि



पहिलोपोस्ट

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामै तेस्रो पटक मूल्य बृद्धि

काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढाएको एक हप्ता नबित्दै निगमले फेरी मूल्य बृद्धि गरेको हो।

गत हप्ता माघ २८ गते बुधवार मात्रै एलपी ग्यास सहितका पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलवार पुनः मूल्य बृद्धि गरेको छ। माघ ६ गते पनि मूल्य बृद्धि गरेको निगमले फागुन ४ गते सम्म एक महिना पनि नपुग्दै तेस्रो पटक मूल्य बृद्धि गरेको हो।

मूल्य बढेसँगै उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने १४०० रुपैयाँ यथावत राखिएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बृद्धि गरी आएको भन्दै स्वचालित मूल्य समायोजन प्रणाली अनुसार मूल्य बढाउनु परेको निगमको जिकिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell