PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

घरेलु मैदानमा बार्सिलोना पराजित, एम्बाप्पेको ह्याट्रिक



पहिलोपोस्ट

घरेलु मैदानमा बार्सिलोना पराजित, एम्बाप्पेको ह्याट्रिक
तस्बिरहरु: युईएफए

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएको छ। क्याम्प नोउमा सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा घरेलु टोली अघिल्लो सिजनको उपविजेता पीएसजीसँग ४-१ गोलअन्तरले पराजित भएको हो।

पीएसजीको जितमा किलियन एम्बाप्पेले तीन गोल र मोइस किनले १ गोल गर्दा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए।

खेलमा अग्रता भने बार्सिलोनाले बनाएको थियो। खेलको २७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मेस्सीले खेलमा अग्रता बनाएका थिए। तर ३२ औं मिनेटमै पीएसजीका एम्बाप्पेले गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा एम्बाप्पेले नै लियोनार्दो पराडेसको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यस्तै किनले ७० औं मिनेटमा गोल थप्दा एम्बाप्पेले ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। र, घरेलु मैदानमा बार्सिलोना निरिह बन्दा पीएसजीले राउण्ड अफ १६ को पहिलो लेगमा आफूलाई बलियो बनाएर उभ्यायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell