PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

लिभरपुलको जितमा सलाह र मानेको गोल



पहिलोपोस्ट

लिभरपुलको जितमा सलाह र मानेको गोल

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ। हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा आरबी लाइपजिग लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको हो। लाइपजिगको होमगेम कोरोना सम्बन्धि नियमहरुका काण हंगेरीमा सारिएको थियो।

लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सलाहले लिभरपुललाई अग्रता दिलाएका उनले खेलको ५३ औं मिनेटमा गोल गर्दा मानेले ५८ औं मिनेटमा गोल गरे।

यी दुई टोलीबीचको दोस्रो लेग मार्च ११ मा लिभरपुलको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell