PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बागमती प्रदेशसभाका सभामुखविरुद्ध मुद्दा हाल्ने प्रचण्ड माधव पक्षको तयारी, प्रदेश सभा स्थगित प्रकरण



निशा गुरुङ

बागमती प्रदेशसभाका सभामुखविरुद्ध मुद्दा हाल्ने प्रचण्ड माधव पक्षको तयारी, प्रदेश सभा स्थगित प्रकरण

हेटौंडा : बागमती प्रदेशभाको सातौं अधिवेशन बैठक पुनः स्थगित गरिएको छ।

आज दिनको २ बजे पुनः बस्ने भनिएकोमा आज नभई अर्को सुचना नआए सम्मलाई भनेर बिहान ठीक ६ बजे सूचना जारी गरी बैठक स्थगित गरिएको हो।

गत माघ १९ गते दिनको २ बजे बस्ने भनिएकोमा सो दिन नहुने भन्दै आजलाई बैठक तय गरेको थियो। 

आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रकृयामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका थिए।

प्रदेशसभाको सातौं बैठक अधिवेशव गत माघ ७ गते प्रथम र गत माघ ९ गते दास्रो बैठक बसी मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो।

यस विषयमा नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अब सिधै कानुनी दायरामा गई प्रदेशसभा सभामुखलाई मुद्दा हाल्ने तयारी भएको जानकारी दिइन्। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ भने फोन सम्पर्कमा छैनन्।

प्रदेशसभामा सत्तारुढ नेकपामा ८० , नेपाली काँग्रेसका २२ , साझा विवेकशील दलका तीन, राप्रपा दुई, नेपाल मजदुर पार्टीका दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell