हेटौंडा : एक हप्तादेखि हेटौंडा अस्पतालमा भर्ना भएर बसेकी बिबिता कार्कीलाई अस्पतालमा बस्दा के खाने भन्ने कुनै चिन्ता छैन। मनहरी गाउँपालिकाकी बिबिता झाडापखाला भएर अस्पताल भर्ना भएयता उनले अस्पतालकै खाना खाईरहेकी छिन्। बिबिताकी आमा अनिता कार्कीलाई पनि अस्पातलले नै पोषणयुक्त खाना खुवाउने भएपछि बाहिरा होटल देखि खाना ल्याउनुपर्ने समस्या नभएको बताउँछिन्। त्यसैगरी, हेटौंडा-१४ की सुस्मिता लामा पनि करिब १० दिनदेखि…
हेटौंडा : केही दिनदेखि लगातार वर्षा भएसँगै वाग्मती प्रदेशमा धमाधम धान रोपाइँ भइरहेको छ। हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको वाग्मती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ। भौगोलिक विकटता र सिँचाइको अभाव रहेको वाग्मती प्रदेशमा धानखेतीका लागि आकाशे पानीको भर पर्नुपर्दा समस्या रहेको किसान बताउँछन्। साथै, किसानलाई मलको पनि समस्या छ। वाग्मती प्रदेशका १३ जिल्लामा कूल एक लाख २०…
हेटौंडा : केही समयअघिमात्र हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा अन्य जिल्लाबाट विवाह गरि आएकी सरस्वती अधिकारी (नाम परिवर्तन) को लामो समयसम्म उनका श्रीमान र घरपरिवारले विवाह दर्ता गर्न मानेनन्। विवाहदर्ता गर्न उनले पटकपटक पतिलाई आग्रह गरिन्। तर, सरस्वतीका श्रीमान सहित परिवारले विवाहदर्ताको कुरा उठाउँदा उनलाई उल्टै कुटपिट गर्नुका साथै हिंसा गरेपछि सरस्वती लामो हिंसा सहेर एउटा कोठामा कोच्चिएर बस्न थालिन्। सरस्वतीबारे थाहा…
हेटौंडा : वाग्मती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रमक बनेका छन्। मंगलवार प्रदेश सभाको बैठक सुरु हुनसाथ एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले बजेटको विरोध गर्दै बैठक अवरुद्ध गर्यो। नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको बजेटलाई जनता विरोधी भन्दै दुई दलले नाराबाजी गरेका थिए। प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले ल्याएको बजेटमा धेरै जनता विरोधी काम राखिएको आरोप लगाएका…
हेटौंडा : वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ। शिक्षा, युवा, रोजगार र खेलकुदमा काम गर्दै आएको मन्त्रालयले खेलाडी उत्पादनलाईसमेत प्राथमिकतामा राखेको बताएको छ। खेलकुद नीतिको टड्कारो अभाव र निषेधको राजनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकिरहेका बेला वाग्मती सरकारले खेलाडी उत्पादनलाई महत्वका साथ हेरेको हो। सक्षम खेलाडी उत्पादन गरी राष्ट्रिय रुपमा प्रतिष्पर्धा…
हेटौंडा : मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ का सबिन वाईबालाई विद्यालय जान सधैं हतार हुन्थ्यो। उनको घरबाट विद्यालयसम्म पुग्न करिब डेढ घण्टा हिँड्नु पर्ने थियो। भीमफेदीकै देउरालीका रस्मीलाई पनि घरदेखि विद्यालयसम्म पुग्न एक घण्टा लाग्थ्यो। घरदेखि विद्यालय टाँढा हुँदा कहिले काँहि उनी ढिला हुँदा विद्यालयमा गेट बन्द भइसक्थ्यो जसकारओ फर्केर घरै आउनुपर्ने हुन्थ्यो उनलाई। यो समस्या सबिन र रस्मीको मात्रै…
हेटौंडा : बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम पनि बढेको छ। हरेक वर्ष वाग्मती प्रदेशका विभिन्न स्थानमा पहिरो, डुबान तथा चट्याङले धनजनको क्षति हुने गरेको छ। यो वर्ष पनि वर्षा सुरु भएसँगै विपद्का घटनाको जोखिम पनि बढेको छ। सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, चितवन, धादिङलगायतको जिल्लामा डुबान र पहिरोको जोखिम छ। वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष…
हेटौंडा : असार १ गते वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रदेश सभामा पेश गर्यो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको थियो। प्रदेश सरकारले पेस…
हेटौंडा : आगामी आर्थिक वर्ष २०८०-८१ का लागि वाग्मती प्रदेश सरकारले बजेट ल्याएको छ। शुक्रवार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको छ। आर्थिक वर्ष २०८०-८१ को बजेटमा कूल…
हेटौंडा : चालु आर्थिक वर्ष २०७९/८० मा वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत १ हजार १४० घर निर्माण गरेको छ। सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा कुल दुई हजार २ सय ७५ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो। यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/७७ मा सुरु गरेको हो। सरकारले चितवनमा ७ सय ६६, मकवानपुरमा ६…
हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी गरिरहेको छ। प्रदेश सरकारले बजेट प्रस्तुत नगर्दै यसप्रति असन्तुष्टि देखिन थालेको छ। जेठ १४ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दैछ। सरकारले आवश्यकताका आधारमा नभई सत्तामा रहेका नेताहरुको इच्छामा बजेट निर्माण गरिरहेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका हुन्। बजेट प्रस्तुत गर्ने तयारीमा…
हेटौंडा : वाग्मती प्रदेश सरकारको सहयोगमा चारजना युवाले २० वर्ष पुरानो गाडीलाई विद्युतीय गाडीमा परिणत गरेका छन्। मेकानिकल इन्जिनियरिङमा स्नात्तक सकाएका बसन्त आले, दीपेश बुडाथोकी, अभिषेकराज नकर्मी र रविन्द्र श्रेष्ठले इन्धनबाट चल्ने २० वर्ष पुरानो सफारी गाडीलाई विद्युतीय सवारीमा परिणत गरेका हुन्। वाग्मती प्रदेश सरकारले युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयमार्फत् आर्थिक वर्ष…
हेटौंडाः वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको तयारी गरिरहेको छ। १४ जेठमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। मन्त्रालयहरुले चालु आर्थिक वर्षभन्दा १० प्रतिशत कम सिलिङ प्राप्त गरेका छन्। चालु वर्षको तुलनामा आगामी वर्ष बजेट १० प्रतिशतसम्मले घट्ने गरी तयारी भइरहेको छ। संघीय सरकारले बजेटको आकार घटाएको, प्रदेशको…
हेटौंडा : वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाग्मती प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको शुक्रवारको बैठकले जेठ १४ को बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाग्मती सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बुधवारदेखि शुरु भएको नीति तथा…
हेटौंडा : आइतवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा तामझामका साथ प्रदेशसभा भवनमा प्रवेश गरे। उनको स्वागतका लागि प्रदेशसभा भवनको प्राङ्गणदेखि नै सजावट गरिएको देख्न सकिन्थ्यो। बाहिरदेखि नै सांसद, मन्त्री, कर्मचारी तथा मुख्यमन्त्रीसहितको स्वागतपछि प्रदेशसभा हलको रोष्टममा पुगे प्रदेश प्रमुख शर्मा। प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा…
हेटौंडा : प्रदेश सभा सदस्य गीता गुरुङ रोस्टममा चढ्नसाथ मोबाइलबाट फोटो खिच्न शुरु हुन्छ। संसदभित्र सांसदहरुको क्रियाकलाप रेकर्ड जारी देखिन्छ। गुरुङले बोल्न थालेको केही समयमै अर्का प्रदेश सभा सदस्य समिता खड्कीले पनि मोबाइल निकाल्दै फोटो खिच्न थाल्छिन्। प्रदेश सभाको रेकर्डमा कांग्रेस संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्ले पनि खुसीसाथ फोटो खिचिरहेको देखिन्छन्। काफ्लेमात्र हैनन् अर्का सांसद गोविन्द लम्साल पनि मोबाइल…
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले ‘शिलिङ’ पठाएपछि मन्त्रालयहरु पनि बजेटको तयारीमा जुटेका हुन्। मन्त्रालयहरुले चालु आर्थिक वर्षमा प्राप्त गरेकोभन्दा १० प्रतिशत कम बजेटको ‘शिलिङ’ प्राप्त गरेका छन्। प्रदेशको ११ वटा मन्त्रालयहरुले पनि आफ्ना मातहतका कार्यालयहरुमार्फत बजेट बनाउने काम सुरु गरेका छन्। वाग्मती प्रदेश…
हेटौंडा : वाग्मतीमा थप ५ जना नयाँ मन्त्री बन्ने पक्कापक्की भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारमा कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जना नयाँ मन्त्रीको नाम पक्का भएको हो। एक मन्त्रालय फुटाएर १२ मन्त्रालय बनेसँगै मन्त्रालयमा भागबण्डा मिलेको थियो। नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो ३ बजे हुने वाग्मती प्रदेशको कार्यालयले जनाएको छ। कांग्रेसबाट चार संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मन्त्री, जिम्मेवारी…
हेटौंडा : वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। सरकार गठन भएको ५७ औँ दिनमा मन्त्रिपरिषदले पूणर्ता पाउन लागेको हो। तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग मिलेर चैत १० गते प्रदेश सरकार पुनःगठन गरेको थियो। करिब दुई महिनामै प्रतिपक्षको बेञ्चबाट सत्तामा आइपुगेको कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम…
हेटौंडा : वाग्मती प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट निर्माणको तयारीमा छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको शिलिङ मन्त्रालयहरुमा पठाइसकेको छ। त्यही अनुसार बजेट तयार गर्न थालिएको हो। मन्त्रालयहरुले बितेको आर्थिक वर्षमा प्राप्त गरेको बजेटको शिलिङ भन्दा यसपटक १० प्रतिशत कम बजेटको शिलिङ प्राप्त गरेका छन्। प्रदेशको ११ वटा मन्त्रालयहरुले पनि…