PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वाग्मतीमा मन्त्रालय फूटाएर मिलाइयो भागबण्डा, यी हुन् कांग्रेसबाट थपिएका ४ मन्त्री



निशा गुरुङ

वाग्मतीमा मन्त्रालय फूटाएर मिलाइयो भागबण्डा, यी हुन् कांग्रेसबाट थपिएका ४ मन्त्री

हेटौंडा : वाग्मतीमा थप ५ जना नयाँ मन्त्री बन्ने पक्कापक्की भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारमा कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जना नयाँ मन्त्रीको नाम पक्का भएको हो। एक मन्त्रालय फुटाएर १२ मन्त्रालय बनेसँगै मन्त्रालयमा भागबण्डा मिलेको थियो। नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो ३ बजे हुने वाग्मती प्रदेशको कार्यालयले जनाएको छ।

कांग्रेसबाट चार 
संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मन्त्री, जिम्मेवारी पछि तोकिने
पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय
मसिना खड्का, मन्त्री वन तथा वातावरण मन्त्रालय

समाजवादीबाट दुई जना
डा. राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय

यसअघि कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा सरकारमा गएको हो। लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका छन् भने तीर्थ लामा खानेपानी मन्त्री छन्। माओवादीबाट मुख्यमन्त्री जम्कट्टेलसहित गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान सरकारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell