PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वाग्मतीको बजेटलाई एमालेले भन्यो 'संघीयता विरोधी', प्रदेशसभा बैठक स्थगित



निशा गुरुङ

वाग्मतीको बजेटलाई एमालेले भन्यो 'संघीयता विरोधी', प्रदेशसभा बैठक स्थगित

हेटौंडा : वाग्मती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रमक बनेका छन्। मंगलवार प्रदेश सभाको बैठक सुरु हुनसाथ एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले बजेटको विरोध गर्दै बैठक अवरुद्ध गर्‍यो।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको बजेटलाई जनता विरोधी भन्दै दुई दलले नाराबाजी गरेका थिए। प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले ल्याएको बजेटमा धेरै जनता विरोधी काम राखिएको आरोप लगाएका हुन्।

सरकारले सडक निर्माण र डिप बोरिङको लागि भन्दै ५ लाखको बजेट विनियोजन गर्नु निकै लज्जास्पद विषय भएको भन्दै उनले यस्ताखालको विषय प्रदेश सरकारको लाजको विषय भएको बताए।

प्रदेश सरकारले बजेटमा प्रादेशिक राजधानीलाई उपेक्षा गरेको भन्दै उनले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेल भएको आरोप लगाए। यस्तै, हेटौंडा अस्पतालका कर्मचारी निकाल्ने प्रयास बजेटमार्फत भएको भन्दै उनले जनताको स्वास्थ्यमाथि खेलवाड भएको बताए।

सरकारले ल्याएको बजेटलाई 'गैरजिम्मेवारी' भन्दै सो बजेट पास गर्नु जनतालाई धोखा दिनु रहेको बताए।

मुख्यमन्त्री शालिकराम जमम्कटेल र केही मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको एमालेको आरोप छ। त्यसैले संघियता विरोधी बजेटलाई कुनै पनि हालतमा पास हुन नदिने उनले चेतावनी दिए।

एमाले र राप्रपाले बैठक अवरुद्ध गरेपछि आजको बैठक साँझ पौने ६ बजेसम्मका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell