PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सात महिनापछि ९० हजारभन्दा तल सुनको मूल्य



पहिलोपोस्ट

सात महिनापछि ९० हजारभन्दा तल सुनको मूल्य

काठमाडौं : सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधवार सुन  प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। 

नेपाल सुन चाँदी महासंघले  कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको सुनको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। त्यसपछि भने सुनको भाउ लगातार उकालो लाग्दै तोलाको १ लाख रुपैयाँ माथि पुग्यो।

अन्तराष्ट्रिय बजारमा  लगानीकर्ताहरु सुन प्रति आकर्षित हुन थालेपछि मूल्य  उकालो लाग्दै प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

हाल लगानीकर्ताहरु सेयर तर्फ आकर्षित हुदा सुनको मूल्य घट्न थालेको महासंघले जनाएको छ ।

यतिबेला पुन सुनको मूल्य घट्दै प्रतितोला ८९ हजार ८ सय रुपैयाँ भएको छ। केही समयदेखि सुनको मूल्य प्रतितोला ९० हजार भन्दा तल झरेको थिएन। 

बुधवार अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले गिरावट भएको हो। गत हप्तादेखि सामान्य गिरावट भइरहेको सुनको मूल्य मंगलबार तोलाम २ सय रुपैयाँले बढेको थियो।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले एक महिनाभित्र सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँसम्म आइपुग्ने अनुमान गरे।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७९२. ३२ डलर र चाँदी  प्रतिऔंस २७. ३३ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell