PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बराबरीमा राकिए पुलिस र आर्मी, उपाधि एपीएफलाई सुरक्षित

बराबरीमा राकिए पुलिस र आर्मी, उपाधि एपीएफलाई सुरक्षित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको १७ ‌औँ मिनेटमा अमृता जैसीको गोल आर्मीको खेलाडी लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिस एक गोलले अग्रता बनायो। उता आर्मीका लागि रश्मि घिसिङले ५३ ‌औँ मिनेटमा गोल फर्काइन। अतिरिक्त समयमा पेनाल्टीमा पाएको अवसरमा पुलिस चुकेको थियो।

आजको खेलमा दोस्रो स्थानमा रहेको आर्मीले अङ्क बाँडेसँगै शीर्षस्थानको एपीएफले दुई खेल अगावै उपाधि सुरक्षित गरेको छ। एपीएफले आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिकासँग भिड्ने छ।

शीर्षस्थानमा रहेको एपीएफले १० खेलबाट ३० अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्मी  ११ खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा छ। त्यस्तै १५ अङ्क जोडेको पुलिस चौथो स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell