PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काँग्रेस केन्द्रीय समितिका यी हुन् ३ प्रमुख एजेन्डा, कुन पक्ष होला हावी, देउवा कि पौडेल?



पहिलोपोस्ट

काँग्रेस केन्द्रीय समितिका यी हुन् ३ प्रमुख एजेन्डा, कुन पक्ष होला हावी, देउवा कि पौडेल?

काठमाडौं : एकै दलका नेताहरुले फरक फरक एजेन्डा बोक्न थालेपछि बहु प्रतीक्षित बनेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु भएको छैन। केन्द्रीय समितिका अधिकांश सदस्य २ बजे नै पार्टी कार्यालय सानेपा पुगे पनि बैठक सुरु भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसका नेताहरु दुई पक्षमा देखिएका छन्। एउटा समूहले कुनै पनि हातलमा ओलीको कदम स्वीकार्न नहुने र त्यसविरुद्ध आन्दोलित हुनुपर्ने अभिव्यक्ति दिँदै आएको छ भने अर्को समूहले सर्वोच्च अदालतको फैसला कुर्ने र चुनावमा जाने बताउँदै आएको छ। दोस्रोखाले अभिव्यक्ति पार्टी सभापति शेरबहादुर देउवा समूहले दिँदै आएको छ भने आन्दोलित हुनुपर्ने अभिव्यक्ति रामचन्द्र पौडेल समूहले।

त्यसैको असर हो देउवा र पौडेल पक्षका नेताहरु फकफरक समूहमा छलफलमा छन्। पौडेल पक्ष विहान ११ बजेदेखि नै छलफलमा छ। देउवा २ बजे नै सानेपा आइपुगेका थिए।

दुवै पक्षका नेताहरु यी तीन विषयलाई मुख्य एजेन्डा बनाएर केन्द्रीय समिति बैठकमा प्रवेश गर्दै छन् 
१. प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा हालसम्मकै विशाल आन्दोलन गर्ने। यही महिनामा, प्रचण्ड नेपालले भन्दा ठूलो।
२. गणतन्त्र स्थापना दिवसको दिन शुरु गरी भदौभित्र महाधिवेशन गर्ने र त्यसको मिति तोक्ने।
३. संसद पुनर्स्थापना वा निर्वाचन? यी दुईमा एक रोजेर पार्टीले एकै स्वर बनाएर अघि बढ्ने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell