PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बराबरीमा रोकिए पुलिस र आर्मी, एपीएफलाई उपाधि सुरक्षित

बराबरीमा रोकिए पुलिस र आर्मी, एपीएफलाई उपाधि सुरक्षित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको १७ औं मिनेटमा अमृता जैसीले हानेको बल आर्मीको खेलाडीलाई लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिस एक गोलको अग्रता कायम गरेको पुलिसले दोस्रो हापमा अग्रता कायम राख्न सकेन्। आर्मीका लागि रश्मी घिसिङले ५३ औं मिनेटमा बराबरी गोल गरिन्। अतिरिक्त समयमा पेनाल्टीमा पाएको अवसरमा पुलिसले गोल अग्रता हासिल गर्न सकेन्।

आजको खेलमा दोस्रो स्थानमा रहेको आर्मीले अंक बाँडेसँगै शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि सुरक्षित गरेको छ। एपीएफले आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिकासँग खेलिरहेको छ।

शीर्षस्थानमा रहेको एपीएफले १० खेलबाट ३० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्मी ११ खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा छ। त्यस्तै १५ अंक जोडेको पुलिस चौथो स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell