PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन, ग्यास सिलिन्डर बोकेर सडकमा निस्कियो जसपा

मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन, ग्यास सिलिन्डर बोकेर सडकमा निस्कियो जसपा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा जनता समाजवादी पार्टीले राजधानीमा विरोध प्रदर्शन गरेको छ। एक महिमा तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेपछि जसपाले प्रदर्शन गरेको हो।

माइतीघरमा जसपा कार्यकर्ताहरुले ग्यास सिलिन्डर, थाल लिएर विरोध जनाएका हुन्।

मूल्य बढेसँगै उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने १४०० रुपैयाँ यथावत राखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell