PahiloPost

May 16, 2026 | २ जेठ २०८३

तीन घन्टा ढिलो गरी सुरु भयो नेपाली काँग्रेस केन्द्रीय समित बैठक, महाधिवेशनबारे लाग्ला टुंगो?



पहिलोपोस्ट

तीन घन्टा ढिलो गरी सुरु भयो नेपाली काँग्रेस केन्द्रीय समित बैठक, महाधिवेशनबारे लाग्ला टुंगो?

काठमाडौं : तीन घन्टा ढिलो गरी नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। आगामी भदौमा पार्टीको महाधिवेशन मिति तय गर्नगरी बैठक अगाडि बढेको हो।

प्रतिनिधिसभा विघटनपछि काँग्रेसका नेताहरु समान एजेन्डामा हिँड्न नसकेको पार्टी कार्यकर्ता तहबाटै गुनासो आइरहँदा आज सुरु भएको बैठकलाई सबैले महत्वका साथ हेरेका छन्। काँग्रेसको १४ औं महाधिवेशनको मिति तय र त्यसको कार्यतालिकामा पनि छलफल हुनेछ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार सबै विषयमा छलफल हुने भएकाले भोलिसम्म निर्णय आउनसक्छ। २ बजे बोलाइएको बैठक ५ बजेमात्रै सुरु भएको हो। 

असारमा स्थानीय तहको अधिवेशन सक्काउने गरी महाधिवेशन तालिका तयार हुँदैछ। भदौ ७ देखि १० गतेका लागि सभापति देउवाले मिति तय गरेका छन्। त्यसमाथि केन्द्रीय सदस्यहरुले छलफल गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell