PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे निजी सचिवालय हेरफेर



पी बी खड्का

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे निजी सचिवालय हेरफेर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निजी सचिवालय हेरफेर गरिएको छ। मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट बिदा गरेसँगै सचिवालय हेरफेर गरिएको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीका अनुसार तीनै जनाले सचिवालयबाट बिदा लिएका हुन्।

मुख्यमन्त्री शाहीले बुधवारै जनसम्पर्क सल्लाहकारमा विष्णु बहादुर विकलाई नियुक्त गरेका छन् भने प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, स्वकीय सचिवमा रबिन्द्र बहादुर शाहीलाई नियुक्त गरेका छन्। यसअघि मुख्यन्यायाधिवक्ता विद्याभुषण मानन्धरले समेत राजीनामा दिइसकेका छन्।

पूर्व एमालेका माधव नेपाल पक्षलाई मिलाएर लैजाने गरी सचिवालय हेरफेर गरिएको स्रोतको भनाइ छ। यद्यपी, मुख्यमन्त्री शाहीको सचिवालयले भने त्यस्तो कुनै राजनीतिक सन्तुलन गर्न हेरफेर नगरिएको दावी गरेको छ। पूर्व एमाले पक्षकाहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा माधव पक्षका सांसदलाई सचेतक सहित तीन मन्त्री दिने आश्वासन पछि व्याक भएका थिए।

मुख्यमन्त्री शाहीले सचेतक पदमा नेपाल पक्षका सांसदलाई नियुक्त गरेपनि मन्त्रीमण्डल भने हेरफेर हुन सकेको छैन। जसले गर्दा मुख्यमन्त्री शाहीले निजी सचिवालय हेरफेर गरेरै भएपनि सन्तुलन मिलाएर मुख्यमन्त्री पद जोगाउने दाउमा देखिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell