PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

देउवाले आफ्नो कार्यसमितिको म्याद ६ महिना थप्दै



पहिलोपोस्ट

देउवाले आफ्नो कार्यसमितिको म्याद ६ महिना थप्दै

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यसमितिको पाँच वर्षे म्याद सकिएपछि ६ महिना म्याद थप्ने प्रस्ताव गरिएको छ। 
कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेका हुन्।

देउवाको कार्यसमितिको म्याद एक वर्ष अघि नै सकिएको थियो। त्यसपछि विधान बमोजिम असाधारण परिस्थितिको धारा प्रयोग गर्दै थपेको एक वर्ष पनि फागुन १९ गते सकिँदैछ।

काँग्रेसले १४ ओं महाधिवेशन भदौ ७ देखि १० गते गर्नका लागि तोक्ने गरी छलफल अघि बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
महाधिवेशनका लागि काँग्रेसले क्रियाशील सदस्यतामा कडाई गर्ने समेत भएको छ। जसअनुसार क्रियाशील सदस्यको अन्तिम सूची सभापति देउवालाई जेठ मसान्तसम्म बुझाइसक्न भनिएको छ। उक्त क्रियाशील सदस्य सूचीको फाइनल असार ७ भित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तय भएको छ।

काँग्रेसले असार २० गते गाउँ नगर अधिवेशन  र प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी मिति प्रस्ताव गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell