PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भागरथीका आफन्तद्वारा शव बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग



एम बम

भागरथीका आफन्तद्वारा शव बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग

कैलाली : प्रहरीले भागरथीको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरे पनि उनका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन्। यसअघि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिँदै आएका आफन्तले अब अभियुक्तको साविती बयानलाई पुष्टि नहुन्जेल शव नबुझ्ने अडान राखेका छन्।

‘प्रहरीले साविती बयानमा भागरथीको हत्या गरेको दिनेशले स्वीकारेको भनेको छ। बलात्कार गरेको विषयमा अस्वीकार गरेको भनेर प्रहरी नै भन्छन्, फेरि पोष्टमार्टममा बलात्कारपछि हत्या भनिएको थियो। यसले हामीलाई के भन्ने के नभन्ने भन्ने विषयमा अन्योल बनाइदिएको छ। त्यसैले प्रहरीले दिनेशको साविती बयानलाई पुष्टि हुने आधार हामीलाई नदिएसम्म शव नबुझ्ने पक्षमा छौं,’ भागरथीका काका शिवराज भट्टले भने।

उनले थपे, ‘फेरि आफ्नै भाइ नाता पर्ने आफ्नै छिमेकको मान्छेले यस्तोसम्म जघन्य घटना गर्न सक्छ भन्नेमा हामी विस्वस्त छैनौं। हत्या गरेको होला भनेर विश्वास गर्न सकिन्छ तर प्रहरीले साविती बयान पुष्टि गर्नुपर्‍यो।’

प्रहरीले भागरथीको हत्या गरेको अभियोगमा उनकै भाइ नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell