PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

असिना झरीमा भएको खेलमा एपीएफको जित, उपाधि सुरक्षित गरेपछि यस्तो देखियो सेलिब्रेसन्

असिना झरीमा भएको खेलमा एपीएफको जित, उपाधि सुरक्षित गरेपछि यस्तो देखियो सेलिब्रेसन्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले विराटनगरमाथि जित निकाल्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले विराटनगरमाथि १-० ले जित निकालेको हो। यद्यपि आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेपछि लिगको उपाधि एपीएफले जित्ने निश्चित भइसकेको थियो।

असिना र झरीसँगै सुरु भएको आजको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा एपीएफकी अनिता केसीले निर्णायक गोल गर्दै एपीएफको अपराजित यात्रालाई कायम गर्न योगदान गरिन्। उनले खेलको ५७ औं मिनेटमा गोल गरेकी थिइन्।

जितपछि एपीएफले मैदानमा एपीएफको झण्डा लिएर सेलिब्रेसन गरेको थियो। एपीएफको खेल हेर्न यसअघि पुलिसको खेलमा घाइते भएकी साबित्रा भण्डारी पनि आएकी थिइन्। सहयोगीको बुइमा चढेर आएकी उनी सेलिब्रेसनमा बैशाकी टेकेर पुगेकी थिइन्।

एपीएफले अब अन्तिम दिनको खेलमा त्रिभुवन आर्मीसँग खेल्ने छ। यद्यपि लिगमा एपीएफले पहिलो र आर्मीले दोस्रो स्थान सुनिश्चित गरिसकेका छन्। पराजयको बावजुत १६ अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ। यद्यपि चौथो र पाँचौ स्थानमा क्रमश १५ र १४ अंक जोडेको नेपाल पुलिस र वालिङले समान १/१ खेल खेल्न बाँकी छ। वालिङले चन्द्रपुरसँग खेल्न बाँकि छ भने पुलिसले चौदण्डीगढीसँग खेल्न बाँकी छ।



ट्रेन्डिङ पोस्ट

Ncell