PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण



निशा गुरुङ

वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

हेटौंडा : आज दिनको २ बजे बस्ने तय भएको वाग्मती प्रदेशको प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा वाग्मती प्रदेशको फागुण ५ गते बस्ने तय भएकोमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राजनीतिक सहमतिका लागि अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षसँग मंगलवार प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा सञ्चालन गर्ने सहमति भएकोमा त्यसविपरित बिहान सूचना टाँसेर स्थगित गरेकोमा नेपाली कांग्रेसले असहमति जनाएको छ।

संसदीय अभ्यासको मर्म र भावना विपरित अचानक भएको यस्तो कार्य पटक पटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेस संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको अवगत गराएको छ। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले यस्तो कार्यप्रति गम्भीर असहमति जनाउँदै आगामी दिनमा यस्तो कार्य नहोस् भन्नेतर्फ सभामुखसँग आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell