PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

युभेन्टस पोर्टोसँग पराजित



पहिलोपोस्ट

युभेन्टस पोर्टोसँग पराजित
Photo: UEFA

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को इटालियन क्लब युभेन्टस पोर्चुगिच क्लब पोर्टोबीचको पहिलो लेगमा युभेन्टस पराजित भएको छ। स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले युभेन्टसमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

पोर्टोले दुबै हाफको पहिलो मिनेटमा गोल गरेको थियो। मेह्डी तरेमीको गोलमा खेलको पहिलो मिनेटमै अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा मोस्सा मारेगाले पोर्टोको अग्रता दोब्बर बनाए। उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए।

उता युभेन्टसका लागि फेडेरिको किएजाले खेलको ८२ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन। र पोर्टोले २-१ गोल अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

यी दुई टोलीबीचको दोस्रो खेलमा मार्च १० मा युभेन्टसको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell