PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेभियामाथि डर्टमन्डको संघर्षपूर्ण जित, हल्याण्डको दोहोरो गोल



पहिलोपोस्ट

सेभियामाथि डर्टमन्डको संघर्षपूर्ण जित, हल्याण्डको दोहोरो गोल

युईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभियाबीचको खेलमा डर्टमण्डले जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा डर्टमण्डले घरेलु टोली सेभियामाथि ३-२ गोल अन्तरले जित निकालेको हो।

सेभियाले खेलको ७ औं मिनेटमा सुसोको गोलमा अग्रता बनाएको थियो। तर १९ औं मिनेटमा डर्टमण्डका महमौद दउदले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको २७ औं मिनेटमा गोल गरेका अर्लिङ हल्याण्ड ४२ औं मिनेटमा अर्को गोल थप्दा पहिलो हाफमा डर्टमण्ड ३-१ ले अघि रह्यो।

दोस्रो हाफमा सेभियाका लुक डी जोङले गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त भएन। यो सँगै उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए।

यी दुई टोलीबीचको दोस्रो लेग १० मार्चमा डर्टमण्डको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell