PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

आईपीएलको अक्सन आज: सन्दीपको बेस प्राइस ४० लाख



पहिलोपोस्ट

आईपीएलको अक्सन आज: सन्दीपको बेस प्राइस ४० लाख

आईपीएलको १४ औं सिजनका लागि आज खेलाडीहरुको अक्सन हुँदैछ। यसपटकको मिनी अक्सनमा २९२ जना खेलाडीमाथि बोली लाग्नेछ। जसमा १६४ जना भारतीय खेलाडी र बाँकी विदेशी खेलाडी छन्। आज चेन्नइमा हुने अक्सनमा सबै टीमसँग गरी ६१ खेलाडीहरुका लागि स्थान खाली छ। यसमा पनि ४०/४५ खेलाडीहरुमात्र बिक्ने अनुमान भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्।

अक्सनमा १९६.६ करोड भारतीय रुपैयाँ खर्च हुनेछ। ६१ स्थान मध्ये सबैभन्दा धेरै बेङ्ग्लोरले ११ खेलाडी चुन्नेछ। यसका लागि बेङ्ग्लोरसँग ३५.४ करोड भारतीय रुपैयाँ छ। त्यस्तै १०.७५ करोड रुपैयाँको पर्स लिएको सनराइजर्स हैदराबादसँग १०.७५ करोड रुपैयाँ छ। यसपटकको अक्सनमा मोइन अली, ग्लेन म्याक्सवेल, स्टीभ स्मिथ लगायतका खेलाडीमाथि धेरै बोली लाग्ने सम्भावना देखिन्छ।

अक्सनको सुरुवात ब्याट्सम्यानबाट सुरु हुनेछ। त्यसपछि अलराउण्डर, विकेटकिपर्स र बलरमाथि बोली लाग्नेछ। अक्सन नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

प्लेयर्सको बेस प्राइस

अनक्याप्ट खेलाडीहरुका लागि २०, ३० र ४० लाख बेस प्राइस तोकिएको छ। त्यस्तै क्याप्ट खेलाडीहरुलाई अलगअलग पाँच समूहमा ५० लाख, ७५ लाख, १ करोड, डेढ करोड र २ करोडमा राखिएको छ। क्याप्ट प्लेयर्समा आफ्नो देशबाट टेस्ट, एकदिवसीय या टी २० मध्ये कुनै पनि फर्म्याटमा खेलिसकेका खेलाडी रहनेछन्।

कति खेलाडी रहने छन्?

सबै फ्रेन्चाइजीले बढीमा २५ जना र कम्तीमा १८ जना खेलाडी राख्नुपर्नेछ। जसमा फ्रेन्चाइजीमा बढीमा ८ विदेशी खेलाडी राख्न सक्नेछ।

अहिलेको अवस्थामा बेङ्ग्लोरसँग सबैभन्दा कम १४ खेलाडी र सनराइजर्स हैदराबादसँग सबैभन्दा धेरै २२ खेलाडी छन्। अर्थात बेङ्ग्लोरले कमसेकम ४ खेलाडी किन्नै पर्नेछ भने हैदराबादले बढीमा ३ खेलाडीमा किन्न सक्नेछ।

टीम पर्सका हिसाबले पञ्जाबसँग सबैभन्दा धेरै पैसा छ। पञ्जाबसँग सबैभन्दा बढी ५३.२० करोड रुपैयाँ छ।

सन्दीपको बेस प्राइस ४० लाख

नेपालबाट अक्सनमा सन्दीप लामिछाने परेका छन्। यसअघि सर्टलिस्टमा उनी सहित ८ नेपाली खेलाडी परे पनि अक्सनमा भने नेपालबाट उनीमात्र रहने छन्। यसअघि ३ सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछानेलाई यसपटक दिल्लीले रिलिज गरेको थियो। उनको बेसप्राइस ४० लाख रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell