PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मोरङ बालिका बलत्कार घटनाः अभियुक्तको पहिचान त खुल्यो, तर भारतमा भागेकाले समात्नै मुस्किल



पहिलोपोस्ट

मोरङ बालिका बलत्कार घटनाः अभियुक्तको पहिचान त खुल्यो, तर भारतमा भागेकाले समात्नै मुस्किल
प्रतिकात्मक तस्बीर

काठमाडौंः मोरङको जहदा गाउँपालिका- १ मा एक साताअघि बलात्कृत भएकी १४ वर्षीया बालिको अभियुक्त प्रहरीले अझैं पक्राउ गर्न सकेको छैन। अभियुक्तको पहिचान भइसकेपनि भारतमा लुकेर बसेकाले प्रहरीलाई पक्राउ गर्न समस्या भएको छ।

माघ ( २६) गत सोमबार राति करिब ९ बजेतिर घरबाट नै मोटरसाइकलमा हालेर लगेका दुई युवाले बलात्कार गरेको खुलेको थियो। उनीहरूले मोटरसाइकलमा हालेर केही पर लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। भोलिपल्ट प्रहरीमा उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो।

'अभियुक्तको पहिचान भइसकेको छ। तर घटना भएपछि उनीहरु भारत भागेकाले पक्राउ गर्न समस्या भएको छ। हामीले त्यसको लागि समन्वय गरिरहेका छौं। चाडैं नै पक्राउ गर्छौं,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने।

प्रहरीले उनीहरूले प्रयोग गरेको को २ प १९१६ नम्बरको मोटरसाइकल समेत फेला पारेको छ। उनीहरूले राति बालिकालाई घरबाट लगेर बलात्कार गरेपछि घर नजिकै छोडेर भागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell