PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णाली प्रदेशमा लोकसेवा आयोगमा पदाधिकारी नियुक्त, काँग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती



पहिलोपोस्ट

कर्णाली प्रदेशमा लोकसेवा आयोगमा पदाधिकारी नियुक्त, काँग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

सुर्खेत : प्रदेश सरकारले कर्णाली प्रदेश लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ। आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका हुन्। 

आयोगको सदस्यमा बसन्ती कुमारी शाही र भक्तबहादुर खड्का नियुक्तलाई नियुक्त  गरिएको छ। आयोगका अध्यक्ष पूर्व शिक्षा निर्देशक हुन्।

नियुक्त तीनै जनालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन्। 

प्रदेशसभाबाट एक वर्षअघि नै प्रदेश लोकसेवा ऐन पास भइसके पनि गठन हुन सकेको थिएन।

ऐन पारित भएको लामो समय बितिसक्दा पनि पदाधिकारी नियुक्त गर्न नसकेको कर्णाली सरकारले अन्ततः भागबण्डा गरेर पदाधिकारी नियुक्त गरेको हो। आयोगमा प्रचण्ड नेपाल समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रधानमन्त्री केपी ओली समूहका सभामुख राजबहादुर शाही र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भागबण्डा गरेरै पदाधिकारी नियुक्त गरेका हुन्।

तीन सदस्यी छनौट समितिले नेकपाको दुई र कांग्रेसको एक गरी तीन सदस्य बनाएका हुन्। मुख्यमन्त्री शाहीको कोटाबाट अध्यक्ष उपाध्याय नियुक्त भएका हुन् भने, सभामुखको कोटाबाट खड्का र प्रतिपक्षी दलका नेता शाहीले आफ्नै श्रीमतीलाई सदस्य नियुक्त गरेका छन्। आयोगका अध्यक्ष, उपाध्याय र सदस्य खड्का वीरेन्द्रनगरका हुन् भने, नेता शाहीकी श्रीमतीको हुम्ला खार्पुनाथ स्थायी ठेगाना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell