काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले आज टुँडीखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएका नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।
