PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सन्दीप लामिछाने आइपीएलको अक्सनमा 'अनसोल्ड'



पहिलोपोस्ट

सन्दीप लामिछाने आइपीएलको अक्सनमा 'अनसोल्ड'

काठमाडौं : आगामी सिजनको इन्डियन प्रिमियर लिगको अक्सनबाट नेपाली खेलाडी सन्दीप लामिछाने अनसोल्ड भएका छन्। 

यसअघि दिल्लीसँग तीन सिजन आवद्ध भए पनि पछिल्लो पटक बेन्चमै सीमित भएकाले उनी यसपाला अक्सनको सूचीमा रहे पनि छानिने हुन् या नछानिने हुन् भन्ने संशयमा थिए । आजको अक्सनमा कसैले नलिएपछि त्यो संशय सत्य सावित भयो।

उनको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ तोकिएको थियो। यसअघि उनले दिल्ली क्यापिटल्सबाट लगातार २० लाख रुपैयाँ बुझेका थिए। 

२० वर्षीय सन्दीप स्पिनर हुन्। आइपीएलको पछिल्लो संस्करणको कुनै पनि खेल खेल्न नपाएका उनले बिग बास लिगमा आफूलाई बलियो खेलाडीका रुपमा स्थापित गरिसकेका छन्। सन्दीप आइपीएल खेल्ने पहिलो र अहिलेसम्मको एक्ला नेपाली खेलाडी हुन्। 

अहिलेसम्म ९४ वटा टी ट्वान्टी म्याच खेलिसकेका सन्दीपले ती खेलमा १ सय २४ विकेट लिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell