PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पाकिस्तानका राजदूतले भरतपुर आँखा अस्पतालको गरे अवलोकन



पहिलोपोस्ट

पाकिस्तानका राजदूतले भरतपुर आँखा अस्पतालको गरे अवलोकन

काठमाडौं : पाकिस्तानका राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पतालको अवलोकन गरेका छन्। आँखा अस्पतालको अवलोकन गर्न राजदूत शाह बिहीवार भरतपुर पुगेका हुन्।

अस्पतालको शल्यक्रिया थिएटर बनाउन दूतावासले ७२ लाख रुपैयाँ सहयोग दिएको छ। यस्तै, चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासले सहयोग गरेको छ।

पाकिस्तानमा मुख्य कार्यालय रहेको बीसीआई बैंकले भरतपुर आँखा अस्पतालको स्थापनाको समयमा मुख्य भवन निर्माण गर्न तत्कालीन समयमा ८४ लाख रुपैयाँ सहयोग गरेको थियो। हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट दुई करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell