काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्दै आगमी भदौमा केन्द्रीय महाधिवेशन तय गरेको छ। विशेष अवस्थामा निर्वाचन हुन नसके ६ महिनासम्म अधिवेशन गर्न सक्ने संवैधानिक प्रावधानमा टेकेर केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको हो। यसअघि एक वर्ष म्याद थप भइसकेको छ। भदौमा समेत महाधिवेशन नभएमा संवैधानिक रुपमा पार्टीको अस्तित्वमा प्रश्न उठ्नेछ।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकले विभिन्न प्रस्ताव पारित गर्दै २०७८ भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। निर्णय अनुसार महाधिवेशन काठमाडौंमा हुनेछ।
यस्तै, गाउँ नगर वडा अधिवेशन २०७८ असार ५ गते हुनेछ। गाउँ नगर अधिवेशन असार ७ गते हुनेछ। प्रदेश सभाको क्षेत्रीय अधिवेशन २०७८ साउन १ गते हुनेछ।
यस्तै, प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा साउन ३ गते हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा साउन ६ गते अधिवेशन हुनेछ। प्रदेश अधिवेनश साउन १० र ११ गते हुनेछ।
के के पारित भए प्रस्ताव?