PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्नै अभिनय हेरेर ‘नर्भस’ भइन आँचल शर्मा



पहिलोपोस्ट

आफ्नै अभिनय हेरेर ‘नर्भस’ भइन आँचल शर्मा

गायक तथा मोडल प्रकाश सपुत र अभिनेत्री आँचल शर्माको अभिनय रहेको ‘यो विछोड हो कि माया’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच भिडियोसहितको गीत सार्वजनिक गरिएको हो। गायिका रचना रिमाल र रोमन प्रकाशको स्वर रहेको गीतको शब्द उत्तम विचारले लेखेका हुन्।

अभिनेत्री आँचल शर्माले भिडियो हेरिसकेपछि आफू निकै नर्भस भएको बताइन्।

उनले भनिन्, ‘मेरो हातमा पसिना आइरहेको छ। पहिले रफ गीत मात्रै सुनेकी थिएँ। मुस्ताङमा पनि धेरै गीत सुन्न नै पाइन। किनकी यात्रा थियो अभिनयमा मात्रै बढी फोकस गरिएको थियो।’

फाइनल भिडियो हेरिसकेपछि आफैँ अचम्ममा परेको र यति राम्रो बनेको होला भनेर अपेक्षा नगरेको आँचलले बताइन्।

त्यसैगरी, रचनाले पनि आफैले गाएको गीतको भिडियो हेरेर सेन्टी मुटमा रहेको सुनाइन्। भन्छिन्, ‘यो भिडियोको अभिनय हेरेर मेरो शरीर नै सिरिङ सिरिङ भइरहेको छ। कान पनि तातेको छ। रुन मन लागिरहेको छ।’

भिडियो तथा गीत रिलिजमा कलाकार सुनिल थापा र गायक हेमन्त शर्माको समेत उपस्थिति रहेको थियो। रिमेश कुमारको म्युजिक रहेको गीतमा सरोज वलीको निर्देशन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell