PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आजबाट महिला लिग सकिँदै, अन्तिम खेलमा आर्मी र एपीएफ भिड्ने



पहिलोपोस्ट

आजबाट महिला लिग सकिँदै, अन्तिम खेलमा आर्मी र एपीएफ भिड्ने
फाइल फोटो

काठमाडौं: एक महिनासम्म चलेको राष्ट्रिय महिला लिग आजबाट समापन हुँदैछ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्।

पहिलो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा १० बजे सुरु हुनेछ। त्यस्तै समापन खेल दिउँसो दुईबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।

लिगको उपाधि भने आफ्नो दुई खेल बाँकी रहँदै एपीएफले सुरक्षित गरेको थियो भने आर्मीले दोस्रो स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै तेस्रो स्थानमा वालिङ नगरपालिका रहेको छ। यद्यपि आजको खेलमा जित निकाले पुलिस तेस्रो स्थानमा पुग्नेछ भने वालिङ चौथो स्थानमा पुग्नेछ। त्यस्तै विराटनगर महानगरपालिका पाँचौ स्थानमा समेटियो भने चन्द्रपुर छैटौ र चौदण्डीगढी सातौं स्थानमा समेटिए।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell