PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'जे पनि अवस्था आउनसक्छ' भन्दै प्रचण्ड-नेपाल समूहले थाल्यो केन्द्रीय कमिटी सदस्यको नागरिकता संकलन



पहिलोपोस्ट

'जे पनि अवस्था आउनसक्छ' भन्दै प्रचण्ड-नेपाल समूहले थाल्यो केन्द्रीय कमिटी सदस्यको नागरिकता संकलन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा केही समय अघि स्थायी कमिटी सकिएको हो भने अब केन्द्रीय कमिटी सदस्यसँग नेताहरुले छलफल गर्दैछन्। अनौपचारिक छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

प्रचण्ड-नेपाल समूहले बिहीवार नै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पेरिस डाँडामा भेला हुन निर्देशन दिएको थियो। हिजोको निर्देशन अनुसार शुक्रवार निर्वाचन आयोग जाने तयारी भए पनि तत्कालै निर्वाचन आयोग भने नजाने साहले बताए।

अदालतमा संसद विघटनको मुद्दा अन्तिम चरणमा पुगेको तथा निर्वाचन आयोगले पनि केही दिनमा पार्टी आधिकारिकता विवाद टुंग्याउने तयारी गरेकाले नागरिकतासहित उपस्थित हुन भनिएको थियो।

'पछि जे पनि हुन सक्छ भन्दै तयरी स्वरुप नागरिकता संकलन भइरहेको छ। अदालत र निर्वाचन आयोग पनि अन्तिम चरणमा छन् भनेको सुनियो,' उनले भने।

प्रचण्ड-नेपाल समूहले पार्टी आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। आधिकारिकताको विवाद नटुङ्ग्याउँदै निर्वाचनका गतिविधि गरेको भन्दै उक्त समूहले आपत्ति जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell