PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हृदयघातबाट मित्रसेन दाहालको मृत्यु, आजै अन्त्यष्टि गरिँदै



पहिलोपोस्ट

हृदयघातबाट मित्रसेन दाहालको मृत्यु, आजै अन्त्यष्टि गरिँदै

काठमाडौं : नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य तथा जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ।

नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ९:४५ बजे ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। हृदयघात भएपछि उनलाई ओम अस्पताल पुर्‍याइएको थियो।

२०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर४ मा जन्मिएका दाहाल २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी डेढ वर्ष जेल परेका थिए। राजनीतिकबाहेक लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा उनको संलग्नता रहँदै आएको छ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् आजै अपरान्ह ३ बजे उको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell