PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन फागुन तेश्रो हप्तामा हुने



पहिलोपोस्ट

प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन फागुन तेश्रो हप्तामा हुने

काठमाडौं : भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ।

सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्ड हलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ ब्वाइज तथा गर्ल्स गरि कुल ५ विधामा प्रतिस्पर्धा गराइने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराएका छन्।

भोजपुर जिल्ला ब्याडमिन्टन संघले पहिलो पटक ५ विधामा पुरस्कार राशी सहित प्रतियोगिता आयोजना गर्न लागेको हो। 

प्रतियोगितमा प्रदेश १ का करिव एक सय खेलाडीले सहभागिता जनाउने छन्। करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा विदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए। प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ।

प्रतियोगिताको लागि दर्ता गर्ने अन्तिम मिति फागुन १५ गते सम्म रहेको र दर्ता शुल्क पुरुष युगलमा २ हजार, पुरुष तथा महिला एकल तर्फ १ हजार र यु–१७ तर्फ ५ सय निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell