PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एमिकस क्युरीको बहस सकियो, बहस नोट बुझाउन तीन दिन समय



पहिलोपोस्ट

एमिकस क्युरीको बहस सकियो, बहस नोट बुझाउन तीन दिन समय

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ।

वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ (७) मा चक्र पूरा गर्न दिनपर्ने राय दिइन।

संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। एमिकस क्युरीको राय सुझाव बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारसम्म बहस नोट बुझाउने समय तोकेका छन्। फागुन ११ देखि मुद्दा हेर्दाहेर्दैमा रहने जानकारी जबराले दिए।

माघ ४ देखि बहस सुरू भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell