PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कगंनाको प्रश्न, वाइडेन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् की चीनका राजदूत ?



पहिलोपोस्ट

कगंनाको प्रश्न, वाइडेन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् की चीनका राजदूत ?

अभिनेत्री कंगना रनावतले अमेरिकी राष्ट्रपति जोन वाइडेनलाई निशाना बनाएकी छिन्। उनले वाइडेनलाई पनि 'पप्पू प्रो' समेत भनिन्। हालसालै वाइडेनले चीनको बारेमा बोलेका थिए। साथै चिनियाँ राष्ट्रपति सी जिनपिंगको पनि प्रशंसा समेत गरेका थिए। जुन कुराले कंगनालाई चित्त बुझेको थिएन। उनले सोसल मिडियामा धेरै पोस्ट गरी वाइडेनलाई धेरै कुरा सुनाएकी छिन्।

उनले प्रश्न समेत गरिन- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् की चीनका राजदूत ?

कंगनाले लेखिन् 'वाइडेन कसरी चीनका एक आज्ञाकारी घरपालुवा जनावर बनेर उसको अगाडि पुच्छर हल्लाइरहेका छन्, विनम्रता देखाइरहेका छन्। उनी अमेरिकाका राष्ट्रपति हुन् कि चीनका राजदूत? अमेरिकीहरू तपाईँलाई लाज लाग्नु पर्ने हो। किनकि चीन अहिले विश्वमा सबैभन्दा ठुलो शक्ति बनेको छ। किनकि तपाईँ नै एक हुनुहुन्छ जसले उसलाई थालमा सजाउनुभयो र उनलाई शीर्ष स्थान दिनुभयो जसको उनीहरू भोको थिए।

मानिसहरू पप्पूलाई किन मन पराउँछन् ?

अभिनेत्रीले अर्को एउटा पोस्टमा लेखिन्, ‘हामीसँग यहाँ निकै बलियो नेतृत्व छ। यदि कसैलाई म अमेरिकी राजनीतिमा चासो राख्छु लागिरहेको छ भने त्यस्तो होइन। यसले हामीलाई प्रभावित गर्दैन  मलाई सबैभन्दा मज्जा यो लागिरहेको छ कि संसारमा चारैतिर उदारवादी नेताहरू भरिएका छन्। मानिसहरू पप्पूलाई किन मन पराउँछन्, यो कुरा मैले बुझ्न सकेको छैन।

’अमेरिकाका भ्रमित युवाले आफ्नो राष्ट्र चीनलाई बेचिदिए

कंगनाले भनिन्, ‘एक नेता निडर, दमदार र कडा आवाजको हुनुपर्छ । विशेष गरी भारतले सभ्यताका लागि इतिहासमा धेरै कुरा भोगेको छ। यो महत्त्वपूर्ण हो कि हामी सबै अमेरिकामा के भइरहेको छ, त्यो देख्न पाइरहेका छौँ, कसरी त्यहाँका भ्रमित युवाले आफ्नो राष्ट्र चीनलाई बेचिदिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell