PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त, राजेश झालाई गरियो नियुक्त



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त, राजेश झालाई गरियो नियुक्त

जनकपुर : प्रदेश नम्बर २ का प्रमुख तिलक परियार पदमुक्त भएका छन्। उनको स्थानमा राजेश झालाई नियुक्त गरिएको छ। उनी रौतहटका हुन्।

प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको हो। प्रदेश प्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए। बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ’विप्लव’ को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यसैगरी, संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell