PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रदेश प्रमुख फेरिएको विषयमा नेकपाले भन्यो : ओली फाँसीवादी भएर अगाडि बढे



पहिलोपोस्ट

प्रदेश प्रमुख फेरिएको विषयमा नेकपाले भन्यो : ओली फाँसीवादी भएर अगाडि बढे

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै उनको छिटै पतन हुने  दावी गरेका छन्। आज पार्टी कार्यालय पेरिसडाँडामा अकास्मात आयोजित केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तनको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन्। 

आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर पत्रकार राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भणडारीले नियुक्त गरेकी छिन्। त्यसैलाई नेता श्रेष्ठले फाँसीवादी चरित्र भन्दै व्याख्या गरेका हुन्। 

नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे व्याख्या गरेका थिए। साथै आजको बैठकमा केन्द्रीय सदस्यहरुको नागरिकताको फोटोकपी संकलन गरिएको थियो।

'नेताहरुको नागरिकताको प्रतिलिपि डकुमेन्टेसनका लागि राखिएको हो,' प्रवक्ता श्रेष्ठले भने। उनले पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोगको पनि आलोचना गरे। आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको उनको भनाइ थियो।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर परेको मुद्दा सर्वोच्च अदालतमा छ। उक्त मुद्दा अन्तिम चरणमा पुगेकाले कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको जानकारी दिए। 'अदालत अन्तिम चरणमा पुगेको भन्ने खबर छ। त्यसैले के गर्ने भन्ने सल्लाह हुँदैछ,' उनले भने, 'चौथो चरणको आन्दोलनलाई अझ सशक्त रुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell