PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

लिगमा अपराजित हुँदै एपीएफले आर्मीलाई हरायो, दुई खेल अगावै सुरक्षित थियो उपाधि



पहिलोपोस्ट

लिगमा अपराजित हुँदै एपीएफले आर्मीलाई हरायो, दुई खेल अगावै सुरक्षित थियो उपाधि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३-० गोलअन्तरले हरायो।

एपीएफको जितमा सरू लिम्बू र अनिता केसीले गोल गरे। खेलको ४५ औं मिनेटमा लिम्बुको गोलमा अग्रता बनाएको एपीएफले पहिलो हाफ एक गोलले अघि रह्यो। दोस्रो हाफमा केसीले गोल थपिन्। उनले खेलको ८५ औं मिनेटमा गोल गरिन्। त्यस्तै, सरू लिम्बुले अतिरिक्त समयमा अर्को गोल थपिन्।

यससँगै एपीएफले अपराजित रहँदै लिग सम्पन्न गरेको छ। आर्मी दोस्रो बनेको छ। आजै सम्पन्न पहिलो खेलमा चौदण्डीगढीलाई हराएको पुलिस तेस्रो स्थानमा रह्यो। त्यस्तै, वालिङ चोथो, विराटनगर पाँचौ बन्दा चन्द्रपुर छैटौं र चौदण्डीगढी सातौं बने।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell