काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले आज पनि विरोधको कार्यक्रम गरेको छ। आज सो समूहले टुँडिखेलमा मार्चपास गरेको हो। उनीहरुले प्रजातन्त्रको प्रतीक टुँडिखेललाई खुल्ला गर्न माग गर्दै र्याली निकालेका थिए। र्याली रत्नपार्कबाट सुरु भई महाँकाल मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो।
आज टुँडिखेल भित्र प्रवेश गर्ने कार्यक्रम भए पनि प्रहरीको घेराको कारण सफल भएन। त्यस्तै, ताल्चा लगाइएको टुँडिखेलमा नेपाली सेनाको पनि बाक्लो उपस्थिति थियो।