PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भ्यालुएबल प्लेयर लिम्बूलाई, उत्कृष्ट प्रशिक्षक थापा, बेस्ट फर्वाड भण्डारी : यस्तो देखियो महिला लिगको अन्तिम दिन

भ्यालुएबल प्लेयर लिम्बूलाई, उत्कृष्ट प्रशिक्षक थापा, बेस्ट फर्वाड भण्डारी : यस्तो देखियो महिला लिगको अन्तिम दिन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग आजबाट समापन भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफले अन्तिम खेलमा ३-० गोलअन्तरले जित निकाल्यो। यद्यपि दुई खेल अगावै एपीएफले जित सुनिश्चित गरिसकेको थियो। आर्मीमाथि जित निकाल्न सरु लिम्बुले २ गोल गर्दा अनिता केसीले एक गोल गरिन्।

प्रतियोगिताको फेयरप्ले अवार्ड रौतहटको चन्द्रपुर नगरपालिकाले जित्यो। त्यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबकी उषा नाथ बनिन्। बेस्ट डिफेन्डर पनि नेपाल पुलिसकै अमृता जैशी बनिन्।

प्रतियोगिताको उत्कृष्ट फर्वाडमा साबित्रा भण्डारीले पुरस्कार जितिन्। चोटका कारण अन्तिम दुई खेल गुमाएकी उनी वैशाखीको सहायतामा खेल हेर्न आएकी थिइन्। चोटका कारण उनी लामो समय मैदानबाहिर रहने चिकित्सकहरुले बताएका छन्।

त्यस्तै प्रशिक्षकमा उत्कृष्ट बनिन् एपीएफकी भगवती थापा। त्यस्तै मस्ट भ्यालुएबल प्लेयरमा सरु लिम्बू चुनिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell