काठमाडौं: सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको खुलातर्फको उपाधि जितेका छन्। धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन।
उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन्। दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिइन्। गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन्। उषा गण्डकी प्रदेश स्तरीय साइकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भइन। गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भइन्।
त्यसैगरि पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेक थिए। दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए।
